इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई इटहरीको विकास निर्माणका योजना समेटिएको १५ बुँदे स्मरणपत्र बुझाएका छन् ।

मेयर चौधरीले बुझाएको स्मरणपत्रमा इटहरी चार ओटा गाविसहरु गाभेर जनसंख्या र भूगोलका आधारमा मात्र उपमहानगरपालिका घोषित भएको तर अन्य कुनै पनि पूर्वाधार निर्माणको मापदण्ड उपमहानगरपालिका हुनका लागि पर्याप्त नभएकाले पाँच वर्षभित्र उपमहानगरपालिका हुनका लागि आवश्यक न्यूनतम मापदण्ड पूरा हुनेगरी विकास आयोजना अघि बढाउन माग गरिएको छ ।

madhav nepal and cm rai.

नगरभित्र प्रशस्त विद्यालय तथा क्याम्पस नहुँदा घण्टौँसम्म साइकल चलाएर अध्ययनका लागि धाउनुपर्ने बाध्यतातिर पनि मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

यसका अतिरिक्त तरहरास्थित कृषि अनुसन्धान केन्द्रमा कृषि तथा वन विज्ञान क्याम्पस सञ्चालन, बहुजातीय संग्रहालयको स्थापना, इटहरी रङ्गशालाको स्तरोन्नति, क्रिकेट रङ्गशाला तथा सभाहल निर्माण, इटहरी अस्पताललाई तीन सय शैय्यामा स्तरवृद्धि, डुबान नियन्त्रणका लागि शेरा, टेङ्ग्रा तथा बुढी खोलामा तटबन्ध निर्माण गर्न पनि स्मरणपत्रमा मेयर चौधरीले माग गरेका छन् ।

मुख्य चौकमा आकाशे पुल निर्माणजस्ता कार्य सम्पन्न गरी इटहरीलाई आगामी १० वर्षमा महानगरपालिका र २५ वर्षमा अन्तर्राष्ट्रिय स्तरको मेगा सीटी निर्माण गर्ने लक्ष्यसहितको स्मरणपत्र मेयर चौधरीले मुख्यमन्त्री राईलाई बुझाएको मेयरको सचिवालयले जनाएको छ ।

IMG_20211112_135257444 IMG20211112135215222