कृष्णमान चौधरी
बेलकाः उदयपुरको बेलकामा जारी दोश्रो वडाध्यक्ष फूटबल प्रतियोगिता २०७८ आज सप्पन्न भएको छ । बेलका नगरपालिका वडा न २ को प्रायोजकमा र लालिगुराश नव यूवा क्लबको आयोजनामा प्रतियोगिता सम्पन्न भएको छ।आज भएको फाइनल खेल वडा न १ र वडा न ४ बीच रहेको थियो । खेलको निर्धारित समयभर कुनै गोल हुन नसक्दा ट्राइ ब्रेकरबाट वडा न १ ले उपाधि हात पार्न सफल भयो ।  

राष्ट्रका लागि खेलकुद,स्वास्थका लागि खेलकुद“ भन्ने मूल नारालाई आत्मसात गर्दै स्थानीयस्तरमा पनि यूवाहरुलाइ लक्षित गरी स्थानीयस्तरमा लुकेका प्रतिभाहरुलाई उजागर गर्नका लागि खेलकुद प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रमुख अतिथि वडा न २ का वडा अध्यक्ष मिश्रिलाल चौधरी, बिशेष अतिथी नगर यूवा खेलकुद विकास समितिका अध्यक्ष सीता राई, अतिथिहरु कार्यपालिका सदस्य बिचारी सार्की, बे.न.पा वडा न २ का वडा सदस्य कुमारप्रसाद अधिकारी, बिमला राईका साथै सर्वसाधारणको उपस्थिति थियो ।

कार्यक्रमका प्रमुख अतिथिले यूवाहरुलाई लक्षित गरी सञ्चालन गरेको प्रतियोगिता एकदमै सराहनीय भएको धारणा व्यक्त गरे । वडा न २ बाट सो खेलका लागि रु १ लाख रुपैयाँ सहयोग गरिएको उनले जानकारी दिए ।

प्रतियोगिताका बिजेताले नगद रु २५ हजार ,शिल्ड मेडल र प्रमाणपत्र त्यसैगरी उप बिजेताले नगद रु १५ हजार ,शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार पाएको आयोजक कमिटीका अध्यक्ष लिलाराम शर्माले जानकारी दिए ।

प्रतियोगितामा बेलका नगरपालिकाका जम्मा १० टीम सहभागी थिए । जसमा वडा न २ को आयोजक र वडा न २ को छुट्टाछुट्टै टीम गरी जम्मा ९ टीम सहभागी थिए । प्रतियोगिता कार्तिक १३ गतेबाट सुरु भएको थियो । बेलका नगरपालिका वडा न २, भागलपुरको खेलमैदानमा भएको थियो । कार्यक्रम सञ्चालन सुवास बिष्टले गरेका थिए ।