इटहरीः नेकपा एकीकृत (समाजवादी) पार्टीका संघीय अध्यक्ष माधवकुमार नेपालले सुनसरीको बराहक्षेत्रस्थित चतराधाममा आयोजित राष्ट्रिय शान्ति धनधान्याञ्चल श्रीमद् भागवत सप्ताह पुराणको उद्घाटन गरेका छन् ।
अध्यक्ष नेपालले बालसन्त पीठ चतराधामद्वारा आयोजित पुराणको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहका प्रमुख अतिथिसमेत रहेका अध्यक्ष नेपाललाई समारोहकै अवसरमा पीठले सम्मानसमेत गरेको छ । सो कार्यक्रममा अध्यक्ष नेपालका अतिरिक्त प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईका साथै अन्य उच्च पदस्थ व्यक्ति तथा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको छ । सप्ताह पुराण सात दिनसम्म चल्ने आयोजकले जनाएको छ ।