इटहरीः नेकपा एकीकृत (समाजवादी) पार्टीले आफ्नो केन्द्रीय सल्लाहाकारमा सुनसरीबाट २ जनालाई चयन गरेको छ । 

पार्टीको केन्द्रीय सल्लाकारमा सुनसरीबाट केपी सापकोटा र रमेशकुमार बिष्ट चयन भएका छन् । नेपाल कम्युनिस्ट पार्टीको भुमिगतकालदेखि नै संगठित हँुदै कम्युनिष्ट आन्दोलनमा भुमिका निर्वाह गरेका सापकोटा पार्टी स्थापनाकालदेखि सक्रिय व्यक्ति हुन् भने २०२६ सालमै इटहरीमा नेपाल कम्युनिस्ट पार्टीको पूर्वी कोसी प्रान्त कमिटी निर्माण गरेर कम्युनिस्ट आन्दोलनमा होमिएका बिष्टले जेलजीवन, यातना र अनेक सङ्घर्षबाट कम्युनिस्ट आन्दोलनमा अभिभावकको भूमिका निर्वाह गरेको भन्दै पार्टीको केन्द्रीय सल्लाहकारमा मनोनयन गरिएको हो ।

मनोनित सल्लाहकार बिष्टका अनुसार नेकपा एकीकृत (समाजवादी) ले सुनसरीबाट पार्टीलाई योगदान गर्ने सागर तिम्सिना, लक्ष्मण चौधरी र डा.सीएन पाठकलाई केन्द्रीय परिषद् सदस्यमा समेत मनोनयन गरेको छ ।