इटहरीः मोरङको बुढीगंगा गाउँपालिका ५ हात्तीमुडा लिची बगैँचाबाट तीन दिनदेखि बेपत्ता रहेका बालकको शव फेला परेको छ ।
मृत फेला पर्नेमा उपेन्द्र रायका १४ वर्षीय छोरा निश्चल राय रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार आफ्नै घरदेखि पूर्वपट्टि रहेको सिंघिया खोलामा बालक अर्धनग्न अवस्थामा मृत भेटिएका हुन् । कार्तिक २२ गते अपराहन्न ३ः०० बजेदेखि घरबाट बेपत्ता भएका बालकको शव फेला परेपछि हत्या भएको आशङ्कामा स्थानीयले प्रदर्शनसमेत गरेका छन् । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।