इटहरीः मोरङको उर्लाबारी नगरपालिका ३ मंगलबारे धिमाल टोलबाट एक जनालाई अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका २३ वर्षीय सबिन लिम्बू रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो साँझ ७ः०० बजे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउनसुगर १ ग्राम ४३० मिलिग्राम र नगद ५० हजार ४ सय रुपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ परेका अभियुक्तउपर लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि जिल्ला अदालत मोरङको आदेशमा हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।