मकवानपुरः ट्रक र बस एक आपसमा ठोकिँदा मकवानपुरमा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
जनकपुरबाट काठमाडौँतर्फ गइरहेको ना७ख ८७६ नम्बरको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नम्बरको ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसका दुई यात्रुको घटनास्थलमै मृत्यु भएको हो । मृतक यात्रुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । उनले बसका घाइते १५ यात्रु र ट्रकको चालकको हेटौँडास्थित चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको बताए । -रासस