इटहरीः मेगा बैंक लिमिटेडले आर्थिक वर्ष २०७७र ७८ को नाफाबाट आफना शेयरधनीलाई १२ दशमलव ७ प्रतिशत बोनस शेयर दिने भएको छ ।

सँस्थाको कार्तिक २३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले शेयरधनीलाई १२.०७ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको हो । बैठकले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट चुक्ता पूँजीको सो मात्राको अर्थात् एक अर्ब ७६ करोड रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले नगद लाभांश भने प्रस्ताव गरेको छैन । नगद लाभांश नहुँदा शेयरधनीले बोनस शेयर पाउन करबापत लाग्ने शुल्क बैंकलाई बुझाउनुपर्ने हुन्छ ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्नेछ । हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयरपश्चात् बैंकको चुक्ता पूँजी १६ अर्ब ४१ करोड रुपैयाँ नाघ्नेछ ।

mega share notice