इटहरीः मोरङको विराटनगरस्थित बंगाली समाजले पहिलो पटक भव्य काली पूजा समारोहको आयोजना गरेको छ ।

विराटनगर महानगरपालिकाको वडा नम्बर ३ दुर्गा चोकमा आयोजित सो पूजामा ९ फिटको श्यामा काली भगवतिको भव्य मूर्ति निर्माण गरी पूजा गरिएको हो । बिराटनगर क्षेत्रमा बसोबास गर्ने बंगाली समाज संगठित भएपछि पहिलो पटक सार्वजनिक रुपमा काली पूजा समारोहको आयोजना गरिएको पूजा समारोहका संयोजक असिम मित्रले बताए । उक्त पूजाको लाभ हजारौँ भक्तजनहरुले प्रत्यक्ष रुपमा लिएको र विराटनगर क्षेत्रभित्र १० हजारभन्दा बढी संख्यामा बंगालीहरुको बसोबास रहेको जानकारी नेपाल राष्ट्रिय बंगाली समाजका प्रदेश १ संयोजक तथा अधिवक्ता सुजित चेलले बताए । बंगाली समुदायको परम्परागत ढाकी, धुनी पूजा, खिचुडी भोग एवं मूर्ति कारिगर पनि स्थानीय बंगाली नै रहेको विराटनगर महानगर कमिटिका अध्यक्ष सञ्जय दत्तले बताए । कात्तिक शुक्ल पक्षकोे औंसीमा काली पूजा गरिने धार्मिक परम्परा रहेको माता कालीको पूजा कोलकाताका ब्राम्हणले बिहीबार राति १०ः३० बजे पूजा सुरु गरी शुक्रबार बिहान ३ः३० बजे सम्पन्न गरेको समितिका कोषाध्यक्ष राजकुमार दासले बताए । 

kw1

उक्त पूजामा नेपाल राष्ट्रीय बंगाली समाजका केन्द्रीय अध्यक्ष पार्थो सरकार, उपाध्यक्ष विप्लव घोष, सचिव सञ्जय वरुवा, सदस्य सञ्जय चेल सहितको टोलीले माताको दर्शन गरी भव्य रुपमा पहिलो पटक यस्तो पूजाको आयोजना गरेकोमा सम्पूर्ण बंगाली समाजको तर्फबाट हर्ष प्रकट गर्दै शुभकामना व्यक्त गरका थिए । पूजा समितिका सहसंयोजक सञ्जिव शुक्ला, सचिव मनोज साह, सदस्य रोसन दत्तसहित २७ सदस्यीय समिति गठन गरी आयोजना गरिएको उक्त श्री काली पूजाको प्रतिमा तीनपैनी, जलजला चौक बजार परिक्रमा गर्दै शहीद मैदान हुँदै पानीटंकी धनावत फैक्ट्रिको सिंघिया खोलामा विसर्जन गरिएको थियो ।