इटहरीः ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मैवाखोला २ की १६ वर्षीया हेमकला थोप्रा रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार बिरामी बोकेर सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ आइरहेको एम्बुलेन्स गएराति ताप्लेजुङको मैवाखोलामा सडकबाट ५० मिटर तल खसेपछि थोप्राको मृत्यु भएृको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।