इटहरीः पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नी बहिनीको हातबाट भाइटीका ग्रहण गरेका छन् ।
उनले बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन् । कमलादीस्थित बहिनी शोभाको निवासमै पुगेर पूर्वराजा शाहले भाइटीकाको शुभसाइत ११ बजेर २ मिनेटमा टीका ग्रहण गरेका हुन् । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिन्छन् । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाउने प्रचलन छ ।