इटहरीः आज देशभर एक सय ३९ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा परीक्षण गरिएका तीन हजार नौ सय ३२ स्वाब नमुनाको परीक्षणको नतिजा अनुसार एक सय ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।
यसका साथै हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार चार सय ३९ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । २४ घण्टामा ३९६ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा कुल आठ हजार एक सय ४४ जनामा कोरोना भाइरस सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।