इटहरीः मोरङको विराटनगर महानगरपालिका– १६ मा पुरुषको शव फेला परेको छ ।
शुक्रबार विराटनगर– १६ स्थित दरैया मुसहरी वस्ती नजिक खदम खोला किनारमा पुरुषको शव फेला परेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार खोला किनारमा मृत भेटिएका पुरुषको पहिचान खुल्न सकेको छैन । अन्दाजी २५–२६ वर्षीय पुरुष मृत भेटिएको बताउँदै एसपी राईले शवलाई कोशी अस्पताल विराटनगरमा राखिएको जानकारी दिए । पहिचानका लागि प्रहरीले ९८५२०३८३५५ मा सम्पर्क गर्न आग्रह गरेको छ ।