इटहरीः प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ जनामा कोरोना संक्रमण भएको छ ।

११ जनाको पीसीआर परीक्षण गर्दा झापामा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको भद्रपुरमा २ र मेचीनगरमा १ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आज ८४ जना कोरोेना संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुनेमा ३८ महिला र ४६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।