इटहरीः नेकपा एमाले वडा कमिटी इटहरी १६ ले वडाका बाढीपीडितहरुलाई राहत वितरण गरेको छ ।
स्थानीय टिकुलिया टोलका ४९ परिवार बाढी पीडितलाई राहत वितरण गरिएको एमाले इटहरी १६ का वडाध्यक्ष तेजनारायण चौधरीले जानकारी दिए । दसैँलगत्तै आएको बाढीबाट प्रभावितहरुलाई तिहारको मुखमा केही सहज होस् भनेर दाल, चामल, नुन र तेल प्रदान गरिएको चौधरीले बताए । यस किसिमका सामाजिक कार्य आगामी दिनमा पनि निरन्तर जारी रहने चौधरीको भनाइ छ । स्थानीय हक्राहा खोलामा आएको बाढीले टिकुलिया टोल प्रभावित भएको थियो ।