इटहरीः धनकुटाको महालक्ष्मी नगरपालिकाले चाडपर्वहरुको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
दीपावली, न्यूदँया भिन्तुना, छठ, उधौली उभौली, ल्योसार लगायत चाडपर्वको अवसरमा शुभकामना आदानप्रदानसहित चियापान कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रदेश सांसद इन्द्रमणी पराजुलीले मन्तव्यमार्फत् चाडपर्वको शुभकामना दिए । कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगरप्रमुख पर्शुराम नेपालले चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै कोरोनाबाट बच्न उच्च सावधानी अपनाएर चाडपर्व मनाउन नगरवासीहरुलाई आग्रह गरे ।
नगरपालिकाका उप–प्रमुख मञ्जु अधिकारी, प्रमुख प्रशासकीय अधिकृत वसन्त गिरी, नेकपा एमालेका नगर कमिटी अध्यक्ष किरणबाबु गिरी, संघीय समाजवादीका नरेन तुम्वा लगायतले पनि मन्तव्यमार्फत् सबैमा चाडपर्वहरुको शुभकामना व्यक्त गरेका छन् ।