इटहरीः आगामी मंसिर ४ गतेदेखि सुरु हुने वाइवाई अण्डर १९ राष्ट्रिय क्रिकेटमा सुनसरीबाट सहभागी हुने खेलाडीको टुङ्गो लागेको छ ।

सुनसरी जिल्ला क्रिकेट संघले कात्तिक १६ र १७ गते छनौट प्रतियोगिता सञ्चालन गरेर खेलाडी छनौट गरेको हो । दुई दिनसम्म इटहरीस्थित इटहरी जनता क्रिकेट पार्कमा सञ्चालन भएको छनौट प्रतियोगितामा सुनसरीका धेरै युवा खेलाडीको सहभागिता थियो । तीमध्ये १४ र अतिरिक्त ४ सहित १८ जनालाई छनौट गरिएको संघका कार्यवाहक अध्यक्ष कैलाश विष्टले जानकारी दिएका छन् ।

छनौट हुनेमा सोनु मण्डल टिम कप्तान रहेका छन् भने भुपाल लुइँटेल उप–कप्तान र राकेश सोनी विकेट किपर रहेका छन् । यस्तै विवेक आनन्द मेहता, गौरव कटुवाल, सुरज भगत, विकल्प आचार्य, रितेश राय, हिमांशु शाह, सुमित यादव, शिवम यादव, समिर तिम्सिना, सागर यादव र रमेश यादव पनि छनौटमा परेका छन् । यस्तै संघले निशान्त खड्का, विशाल पाठक, अनोज शाह र अभिषेक श्रेष्ठलाई वैकल्पिक खेलाडीका रुपमा छनौट सूचीमा राखेको छ । सबै १८ जना खेलाडीलाई आगामी कात्तिक २१ गते बिहान ९ बजेदेखि जनता क्रिकेट पर्कमा बन्द प्रशिक्षणमा राखिने अध्यक्ष विष्टले जानकारी दिए ।

248017584_1859687980906127_1411045077080576850_n