इटहरीः विश्वव्यापी कोरोनाजस्ता ठूलासाना विभिन्न रोगले आम मानिसलाई सताइरहेको छ । व्यस्तता र भीडको कारणले स्वास्थ्य जाँचको लागि अबेर हुने गरेको छ ।
जाँच गराउँदा पनि कुन डाक्टरलाई जाँच गराउने, कुन अस्पतालमा देखाउने, कति बजे भेट्ने, डाक्टरो योग्यता, अनुभवजस्ता जानकारी नहुँदा सर्वसाधारण समस्यामा पर्ने गरेका छन् । यस्तै समस्याहरुको एकमुष्ट समाधानका लागि क्युरा हेल्थ एप्स बजारमा आएको छ । जसमा डाक्टरसँग घरमा बसिबसी अनलाइन अडियो भिडियो कल गर्न मिल्ने सुविधा तथा रगतको कुनै पनि जाँच घरैमा बसी प्रसिद्ध ल्याबबाट गराउन मिल्ने सुविधा पनि क्युरा हेल्थ मोबाइल एप्सले तपाईँको शहर इटहरीमा पनि उपलब्ध गराउन थालेको छ । विराटनगरबाट इटहरीमा विस्तार भएको क्युरा हेल्थ एप्समार्फत् इटहरी मेडिकल हल, वेदान्त हस्पिटलदेखि विराटनगरका कुनै पनि अस्पतालको पुर्जा अनलाइन दिएको समय अनुसार काट्न मिल्ने सुविधा, डाक्टरको समयका साथै अन्य सम्पूर्ण जानकारी पाउन सकिन्छ ।
साथै घरमै बसी नेपालको कुनै पनि डाक्टरसँग अनलाइन अडियो वा भिडियोमार्फत परामर्श लिने र विराटनगरको प्रसिद्ध विराट प्याथोलोजी ल्याब, फोकस डाइग्नोस्टिक, एनआरएल, एसआरएल, लाईफ गार्ड व्याथोलोजी, निलकण्ठ डाइग्नोस्टिक, आस्था डाइग्नोस्टिकजस्ता ल्याबबाट घरैमा बसी रगत जाँच गर्न मिल्ने सुविधा पनि क्युरा हेल्थले उपलब्ध गराउँदछ । साथै नेपालीहरुको महान चाड बडादसैँ र तिहारको सुखद उपलक्षमा सम्पूर्ण देशवासीको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै स्वास्थ्यसम्बन्धी परीक्षणमा विशेष छुट पनि एपले ल्याएको छ । जसमा टाइफाइड टेस्ट अब मात्र रु ८००, लिपिड प्रोफाइल मात्र रु ९००,बेसिक होलबडी प्याकेज मात्र रु ३५००, प्रिमियम होलबडी प्याकेज मात्र रु ५५०० र यो छुटको सुविधा घर बसी इटहरीवासीले उपभोग गर्न मिल्ने सुविधा पनि क्युरा हेल्थ एप्समा रहेको छ । आफू बने देश बन्छ । स्मार्ट बन्नुस्, स्मार्ट सिटी बनाउनुस् । तपाईँको स्वस्थ्य सहायक अब तपाईको मोबाइलमा । यो एप्स प्लेस्टोर र एप्प्ल स्टोर दुवैमा उपलब्ध छ ।