इटहरीः दीपावलीका अवसरमा खेलिने देउसीभैलो सुनसरीमा राति १०ः०० बजेसम्म मात्र खेल्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले आज एक सूचना जारी गर्दै देउसीभैलो खेल्ने कार्यक्रम राति १०ः०० बजेसम्म सम्पन्न गर्न अनुरोध गरेको हो । कोरोना महामारीको जोखिम कायमै रहेकाले स्वास्थ्य सतर्कता अपनाएर मात्र देउसीभैलो खेल्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । तिहारका बेला पटाका, भुइचम्पा, आतिसबाजी, झिरझिरेजस्ता विष्फोटकजन्य पदार्थको प्रयोग र बिक्रीवितरण र ओसारपसार नगर्न पनि प्रशासनले अनुरोध गरेको छ । धार्मिकस्थलहरुमा समेत जथाभावी भीडभाड नगर्न अनुरोध गर्दै प्रशासनले सूचना अटेर गरे नियमअनुसार कारबाही गरिने प्रष्ट पारेको छ ।

sunsari cdo order.