इटहरीः विगत १८ वर्षदेखि काग तिहारको अवसर पारेर काग सम्मेलन गर्दै आएका कलाकार रमेश दुलालले यस वर्ष पनि १८ औं काग सम्मेलन गरेका छन् ।

काठमाडौँको शान्तिवाटिका गेट, रत्नपार्कमा बिहान ६ः०० बजे काग तिहारको अवसर पारेर उनले काग सम्मेलन गरेका हुन् । रमेशले आफ्नो मुखबाट कागको आवाज निकालेर काग जम्मा पारेका थिए । राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको १८ औं बृहत काग सम्मेलन कार्यक्रमलाई ग्रिनसिटी हस्पिटल बसुन्धराले सौजन्य सहयोग गरेको थियो ।

IMG_7554

 

मुखबाट १ सय ७३ जीव जनावर तथा चराचुरुङ्गी, तथा बाजाको आवाज निकाल्न सक्ने दाबी गर्ने रमेशले काग तिहारको शुभकामनासहित काग सम्मेलन गरेको बताए ।