इटहरीः जिल्ला प्रहरी कार्यालय भोजपुर मातहतमा रहेको प्रहरी चौकी प्याउलीको नवनिर्मित कार्यालय भवनको समुद्घाटन भएको छ ।

चौकीको हाताभित्र आज बिहान भएको एक कार्यक्रमका बीच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायबमहानिरीक्षक अरुण कुमार बि.सी.ले उक्त नवनिर्मित साढे २ तले ८ कोठा भएको प्रहरी चौकी भवनको विधिवत रुपमा उद्घाटन गरेका हुन् । १ नम्बर प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट विनियोजित १ करोड ४९ लाख १९ हजार ३ सय ८५ रुपैयाँको लागतमा प्रहरी चौकी प्याउलीको कार्यालय भवन, ब्यारेक तथा भान्साघरको निर्माण सम्पन्न भएको हो ।

ppp3

भवनको उद्घाटन तथा निरीक्षणपश्चात कार्यक्रममा बोल्दै प्रहरी नायबमहानिरीक्षक बि.सी.ले गाँस बासको उचित ब्यवस्था भएसँगै प्रहरी कर्मचारीमा काम गर्ने थप हौसला मिल्ने बताए । उनले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताउँदै कानूनको परिधिमा रही जनचाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशनसमेत दिए । कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायबमहानिरीक्षक बि.सी.ले भवन निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गर्ने व्यक्तित्वहरुलाई प्रशंसापत्रले सम्मानसमेत गरेका थिए ।

ppp2