इटहरीः सुनको मूल्य गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेपछि यहाँ पनि मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला सुनको भाउ ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए । मंगलबार भने प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने स्थिर छ । मंगलबार प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।