इटहरीः सुनसरीको वराहक्षेत्रबाट प्रहरीले गएराति जुवाको खालबाट १४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा वराहक्षेत्र नगरपालिका ६ का ४८ वर्षीय अगम तामाङ, सोही नगरपालिका ८ का ४१ वर्षीय वसन्त राई, ६८ वर्षीय मदन घिमिरे, ४२ वर्षीय विनोद रौनियार, २८ वर्षीय सञ्जु श्रेष्ठ, ४६ वर्षीय भुवनप्रसाद धमला, ३१ वर्षीय प्रमोद साह हलुवाई, ३४ वर्षीय प्रदीप साह हलुवाई, ३० वर्षीय विजयकुमार साह, ४० वर्षीय जयनारायण मण्डल, ५९ वर्षीय खेमराज गौतम, ६० वर्षीय मुकुन्द अधिकारी, ३८ वर्षीय सञ्जय साह, ४८ वर्षीय केशव दाहाल र ५४ वर्षीय टेकेन्द्र कार्की रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार वराहक्षेत्र ८ स्थित बहादुर खड्काको घरमा कौडा खेलिरहको अवस्थमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षकको नेतृत्वमा परिचालित टोलीले गिरफ्तार गरेको हो । उनीहरुका साथबाट दुई लाख ८२ हजार ५५ रुपैयाँ नगदसमेत बरामद गरिएको जानकारी दिँदै एसपी राईले अभियुक्तहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ अन्तर्गतको दफा १२५ अनुसार जिल्ला प्रशासन कार्यालयबाट तीन दिनको म्याद लिई विस्तृत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।