इटहरीः प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशप्रमुख सोमनाथ अधिकारी (प्यासी) समक्ष सपथग्रहण गरेका छन् ।

सपथ लिएसँगै मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आफूसहित ६ जनाको मन्त्रिमण्डल बनाएका मुख्यमन्त्री राईले प्रदेशसभा सदस्यहरु इनद्रबहादुर आङ्बो, हिमाल कार्की, केदार कार्की, जयराम यादव र विष्णु तुम्बाहाम्फेलाई मन्त्री नियुक्त बनाएका छन् । उद्योग, पर्यटन वन तथा वातावरण र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय आफ्नै हातमा राखेका मुख्यमन्त्री राईको सिफारिसमा प्रदेशप्रमुख अधिकारीले इन्द्र आङ्बोलाई आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त गरेका छन् भने हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरेका छन् । यसैगरी मुख्यमन्त्री राईले आन्तरिक मामिला तथा कानून मन्त्रायलयको जिम्मा केदार कार्कीलाई दिइएको छ भने जयराम यादवलाई सामाजिक विकास मन्त्री र विष्ण्ु तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गरिएको छ । नियुक्ति पाएका सबै मन्त्रीहरुले कार्यभार सम्हालेका छन् ।

mantri niyukti sifaris.
प्रदेशप्रमुख अधिकारीले गरेको आ्वान बमोजिम नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका नेता राईको नाम प्रस्ताव गरिएको थियो । नेकपा माओवादी केन्द्रका प्रदेश १ संसदीय दलका नेता इन्द्र आङ्बोसहित नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइराला, जनता समाजवादी पार्टी नेपाल प्रदेश संसदीय दलका नेता जयराम यादव र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च प्रदेश संसदीय दलका नेता विष्णु तुम्बाहाम्फे राईको संयुक्त समर्थनमा नेता राई मुख्यमन्त्री नियुक्त भएका हुन् ।

९२ सदस्यीय प्रदेशसभामा सभामुखसहित एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १÷१ जना प्रदेश सांसद छन् । एमालेका प्रदेश सांसद गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागज मुद्दामा दोषी ठहर गरेदेखि फरार छन् । बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्नेमा ५० सांसदको समर्थनसहित दाबी पेस गरेका राईलाई प्रदेशप्रमुख प्यासीले सपथ दिलाएका हुन् ।

a6acd882-f4c4-46eb-a228-d44d989f535b

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै प्रदेशप्रमुख अधिकारीले नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि प्रस्ताव आह्वान गरेका थिए । त्यसरी मुख्यमन्त्री नियुक्त गर्न कात्तिक १६ गते मङ्गलबार दिउँसो १ः०० बजेसम्मको समय निर्धारण गरिएकोमा निर्धारित समय सकिनुअगावै राईको दाबी पेस भएको थियो । सोही दाबीका आधारमा नियुक्त भएका मुख्यमन्त्री राईले सपथग्रहणसँगै कार्यभार सम्हालेका हुन् ।