इटहरीः तेह्रथुमको फेदाप गाउँपालिका–२ भित्री सडक खण्डमा आज बिहान भएको ट्रक दुर्घटनामा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।

मृत्यु हुनेमा चालक काभ्रेपलान्चोकका २७ वर्षीय रोहित अधिकारी रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालया प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार सह–चालक २४ वर्षीय सुदीप राई घाइते भएका छन् । घाइते राईको जिल्ला अस्पताल म्याङलुङमा उपचार भइहरेको उनको भनाइ छ । बिहान १ः३० बजे औंसीडाँडाबाट सदरमकुकाम म्याङलुङ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २७७० नम्बरको ट्रक आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनाबारे विस्तुत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।