इटहरीः नेकपा एमालेको इटहरी उपमहानगरपालिका अध्यक्षमा निवर्तमान अध्यक्ष यामकुमार सुब्बा दोहोरिएका छन् ।

पार्टीको नगर अधिवेशनबाट निर्विरोध चयन भएपछि सुब्बाले अध्यक्षका रुपमा दोस्रो कार्यकाल बिताउने अवसर पाएका हुन् । यसैगरी अधिवेशनले इटहरी नगर उपाध्यक्षमा दुःखीलाल चौधरी, सचिवमा रुपेश बस्नेत र सहसचिवहरुमा जितेन्द्र थापा र मन्दिरा भट्टराई चयन भएका छन् । यसैगरी खुला सदस्यहरुमा राजु दंगाल, डिकबहादुर राई (डिबी), केदारनाथ बास्तोला, उज्वल सिग्देल, टोमप्रसाद तिम्सिना, सुजन लामा, ऋषि नेपाल, प्रशान्त पोखरेल चोठीलाल चौधरी, केदार घिमिरे, ध्रुवप्रसाद कोइराला, वेदनाथ भेटवाल र गोपाल गिरी चयन भएका छन् ।

यसैगरी, खुल्ला महिला सदस्यमा रञ्जु सिग्देल कमला निरौलाअनिता निरौला तिम्सिना भीमाकुमारी तुम्बाहाम्फे यमुना चापागाईं चन्दा पुरी मेनुका घिमिरे र गोमा बिश्वकर्मा निर्वाचित भएका छन् । यसैगरी, वडागत भूगोल, मजदुर, बुद्धिजीवी, व्यापारी, युवा, आदिवासी जनजाति, मुस्लिम, मधेशी, थारु र दलित कोटा गरी ८५ जना निर्वाचित भएका छन् । जसमध्ये दुई मुख्य पदाधिकारी र ४४ सदस्य गरी ४६ जना निर्विरोध निर्वाचित भएका हुन् भने अन्य उम्मेदवारहरु निर्वाचन प्रकृयाबाट चुनिएर आएको नवनिर्वाचित अध्यक्ष सुब्बाले जानकारी दिए । एमालेको नगर अधिवेशन हिजो सम्पन्न भएको हो ।