इटहरीः महुली लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष ३०७७÷७८ को नाफाबाट आफ्ना शेयरधनीलाई बोनस दिने भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २६ प्रतिशतले हुन आउने ५ करोड ८२ लाख २५ हजार ४ सय ४० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी २२ करोड ३९ लाख ४४ हजार रहेको छ । कम्पनीले घोषणा गरेको बोनस शेयर नेपाल रास्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पास गरेपछि लगानिकर्ताको खातामा जम्मा गरिने कम्पनीले बताएको छ ।