इटहरीः नेपाल कम्युनिष्ट पार्टी एमालेको रामधुनी नगरपालिकामा योगेन्द्र खड्काको नेतृत्वमा ८१ सदस्यीय कमिटी चयन भएको छ ।
एमालेको चालु नगरअधिवेशनबाट शनिबार सर्वसम्मत योगेन्द्र खड्काको अध्यक्षतामा नगर कमिटी गठन भएको एमालेका खेमराज पौडेलले जानकारी दिए । लामो छलफल र गृहकार्य भएता पनि निर्वाचनमा नगई सर्वसम्मत रुपमै एमालेले रामधुनी नगर कमिटी गठन गरेको छ ।
नवगठित कमिटीका उपाध्यक्षमा प्रदीप खनाल छन् भने सचिवमा घनश्याम चौधरी र सहसचिवमा नवराज खड्का छन् । रामधुनी नगर कमिटीकी अर्की सहसचिवमा शर्मिला विक चयन भएकी छन् । एकताको सन्देश दिँदै पार्टीको नगर अधिवेशनको पहिलो सत्र सम्पन्न गरेको रामधुनी नगर अधिवेशनमा नयाँ कार्यसमिति पनि सहमतिमै चयन भएको पौडेलले बताए ।