इटहरीः सुनसरीको इटहरीमा सञ्चालित शुभलाभ बचत तथा ऋण सहकारी सँस्थाले १३ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
सँस्थाका निवर्तमान अध्यक्ष किरण पराजुलीको सभापतित्वमा सम्पन्न साधारणसभाले नयाँ सञ्चालक समितिसमेत चयन गरेको छ । दीपक पोख्रेलको अध्यक्षतामा गठित नयाँ सञ्चालक समितिका उपाध्यक्ष दीपक थापा रहेका छन् भने पवित्रा शर्मा घिमिरे र पवित्रा निरौला घिमिरे रहेका छन् ।
यस्तै कार्यसमितिका अन्य सदस्यहरुमा स्वागत श्रेष्ठ, उमानाथ दाहाल र रुपनारायण भट्टराई रहेका छन् । यसैगरी, विष्णुनारायण काफ्लेलाई लेखा संयोजकको जिम्मेवारी दिइएको छ भने लेखा सदस्यहरुमा शंकर राई र शान्ता कोइराला चयन भएको सभापति पराजुलीले जानकारी दिए ।