इटहरीः गत कात्तिक ६ गतेबाट सुरु भएको इटहरी लेडी जेसिजको ‘जेसिज सप्ताह २०२१’ शनिबारबाट सम्पन्न भएको छ ।

जेसिजले वक्तृत्वकला प्रतियोगिता गर्दै सप्ताहको अन्त्य गरेको हो । आफ्नै भवनमा जेसिजले लेडी जेसिजका वर्तमान तथा पूर्व पदाधिकारीको सहभागितामा कार्यक्रम सम्पन्न गरेको हो । समापन समारोहको अवसरमा जेसिजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा इटहरीका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । सो प्रतियोगितामा कस्तुरी कलेजकी सदीक्षा ढकाल प्रथम, सीबी सगरमाथा कलेजका मोहम्मद रजाक द्वित्तीय, ग्रीनपिस स्कुलका सुदीप सापकोटा तृत्तीय र सुष्मा गोदावरी कलेजका विज्ञान अधिकारी सान्त्वना भएका छन् । उनीहरुलाई नगद, प्रमाणपत्र, शिल्ड र मेडलले सम्मान गरेको जेसिजले जानकारी दिएको छ ।

250393848_3718626578362611_8969976678728535373_n

जेसिजले सप्ताह कार्यक्रमको शुभारम्भ कात्तिक ६ गते स्कुटर ¥यालीबाट गरेको थियो । कात्तिक ७ गते रक्तदान कार्यक्रम गरेको जेसिजले १० गते महिलाहरुलाई माला बनाउने तालिम दिएको थियो भने १२ गते इटहरीको १५ नम्बर वडामा रहेको शम्भुनाथ माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो । शिविरमा इटहरी १४, १५ र १६ नम्बर वडाका एक हजार नागरिकले स्वास्थ्य परिक्षण गराएका थिए ।