इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर १६ मा कर्पोरेट कार्यालय रहेको किसान कल्याण बचत तथा ऋण सहकारी सँस्था लिमिटेडले आफ्नो २६ औँ स्थापना दिवस शनिबार मनाएको छ ।

सुनसरी जिल्लाकै पुरानो सहकारी सँस्थाको रुपमा स्थापित भएको किसान कल्याण सहकारीले आफ्नो स्थापना दिवसकै अवसरमा विभिन्न विद्यामा उत्कृष्ट शेयर धनिलाई पुरस्कृत समेत गरेको छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैँकका उपाध्यक्ष रमेशप्रसाद पोख्रेलले नेपालमा पनि सहकारी सँस्थाहरु बिस्तारै राम्रो अवस्थातर्फ गइरहेको बताए । सहकारीले हाम्रो भन्ने भाषा स्थापित गराएको र सहकारीको प्रवद्र्धन र विकासका लागि सदस्यहरु शिक्षित भइसकेको समेत पोख्रेलले कार्यक्रममा बताएका थिए ।

स्थापना दिवसका अवसरमा किसान कल्याणले उत्कृष्ट नियमित बचत पुरस्कारतर्फ १५ जना, उत्कृष्ट स्वैच्छिक बचत पुरस्कारतर्फ १५ जना, बढी पटक शेयर खरिद गर्ने सदस्यमा २ जना, धेरै खाता खोल्ने सदस्यमा २ जना, उत्कृष्ट असल ऋणीतर्फ १३ जना साथै उत्कृष्ट कृषक पशुपालनतर्फ १ जना सदस्यलाई पुरस्कार प्रदान गरेको छ । त्यसैगरी, उत्कृष्ट कृषक नगदेबालीतर्फ १ जना , उत्कृष्ट व्यवसायीतर्फ २ जना, उत्कृष्ट युवा उद्यमीतर्फ २ जना र ग्रिन कार्डतर्फ २ जना शेयर सदस्य पुरस्कृत भएका छन् । त्यस्तै किसान कल्याणले उत्कृष्ट सदस्यता विस्तार गर्ने ६ जना सदस्य, उत्कृष्ट लघुवित्त केन्द्रमा ३ वटा केन्द्र, उत्कृष्ट बाल बचतकर्ता सदस्यमा २ जना, उत्कृष्ट ज्येष्ठ नागरिक बचतकर्तामा १ जना सदस्य र अपाङ्गता भएका १ जना शेयर सदस्यलाई समेत पुरस्कार प्रदान गरेको सँस्थाका व्यवस्थापक भmलेन्द्र दाहालले बताए ।