इटहरीः लोकप्रिय गायक अनिल सिंहसहित स्पर्श ब्याण्डको प्रस्तुतिमा शुक्रबार गोकर्ण रिसोर्टले तातिने अवसर पायो ।
मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित गोकर्ण रिसोर्ट एण्ड फन पार्कमा द प्राइड हस्पिटालिटीको आयोजनामा भएको पुल पार्टीमा ४ सयको हाराहारीमा आएका दर्शकले मज्जा लिएको प्राइडका प्रमुख कार्यकारी अधिकृत नितेश पोख्रेल बताउँछन् । इटहरी र आसपासका क्षेत्रबाट आउने दर्शकलाई लक्षित गरेर यस्ता कन्सर्टहरु अब भने प्राइडले निरन्तर रुपमा आयोजना गर्दै जान बताइएको छ । पूर्वी नेपालका ग्राहकलाई लक्षित गरेर कन्सर्टको आयोजना गरेको प्राइडले धरान तथा दमक सम्मका दर्शकहरु शुक्रबारको पुल पार्टीमा सहभागी भएको बताएको छ ।
कार्यक्रममा आर्टिष्ट, डिजे सेसन, पुल साइड बारबो साथमा लाइभ फुड स्टल र ब्याण्डको पर्फरमेन्ससमेत थियो । प्राइडले अङ्ग्रजी नयाँ वर्षको अवसर पारेर त्रिवेणी रिभरसाईड रिसोर्टमा विशाल कार्यक्रमको तयारी गरीरहेको अधिकृत पोख्रेलको भनाइ छ ।