इटहरीः लेडी जेसिज इटहरीले ‘जेसिज सप्ताह–२०२१’ अन्तर्गत इटहरी उपमहानगरको वडा नम्बर १५ मा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
शुक्रबार वडा १५ मा रहेको शम्भुनाथ माध्यमिक विद्यालयमा जेसिजले स्वास्थ्य शिविरको आयोजना गरेको हो । गरीब तथा विपन्न परिवारको लागि स्वास्थ्य सेवाको पहुँच पुर्याउने हेतुका साथ जेसिजले आयोजना गरेको स्वास्थ्य शिविरमा एक हजार जनाले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । नोबेल अस्पताल विराटनगरको सह–आयोजनामा भएको शिविरबाट उपमहानगरको वडा नम्बर १४, १५ र १६ का एक हजार नागरिकले निःशुल्क स्वास्थ्य परीक्षण गराएको स्वास्थ्य शिविरकी संयोजक एवम् लेडी जेसिजकी जनसम्पर्क अधिकृत लक्ष्मी बराल गौतमले जानकारी दिइन् ।
शिविरमा बालरोग, दन्तरोग, आँखा परिक्षण तथा उपचार, प्रसूति तथा स्त्री रोग, जनरल मेडिसिन, मुटु रोग, मानसिक तथा नसा रोग, छाला तथा यौन रोग, भिडियो एक्स–रे, ईसीजी, न्यूरो सर्जरी, हाड जोर्नी तथा नसा रोग, नाक÷कान÷घाँटीसम्बन्धी रोगको निःशुल्क परीक्षण तथा औषधि वितरण गरिएको उनले जानकारी दिइन् । लेडी जेसिजले कात्तिक ६ गते स्कुटर ¥याली गर्दै सप्ताह कार्यक्रमको शुभारम्भ गरेको थियो । दोश्रो दिन रक्तदान कार्यक्रम गरेको जेसिजले महिलाहरुलाई माला बनाउने एक दिने तालिमको पनि आयोजना गरेको थियो । शुक्रबार स्वास्थ्य शिविर आयोजना गरेको जेसिजले शनिबार वक्तृत्वकला प्रतियोगिता र समापन समारोह गर्ने जेसिजकी कानूनी सल्लाहकार इन्दिरका काफ्लेले जानकारी दिइन् ।