इटहरीः संघीय संसदको तल्लो सदन प्रतिनिधिसभा र माथिल्लो सदन राष्ट्रियसभा गरी दुवै सदनको अधिवेशन आजदेखि अन्त्य गरिएको छ ।

मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन् । राष्ट्रपतिले सरकारको सिफारिसमा संविधानको धारा ९३ को उपधारा (३) अनुसार शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी दुवै सदनको अधिवेशन अन्त्य गरेको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए । आफूहरुले कारबाही गरेका सांसदहरुलाई हटाउने काममा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले असहयोग गरेका कारण पार्टी विभाजन भएको भन्दै नेकपा एमालेले निरन्तर संसद अवरुद्ध पारेपछि सरकारले बाध्य भएर अधिवेशन स्थगित गरेको हो ।

samsad_notice_Ru5xXifJ32