इटहरीः नेपाली मौलिक कला र सस्कृति झल्किने मौलिक सभ्यतामा आधारित गीत संगीतहरुको आफनो छुटटै विशेषता रहेको छ ।
नेपालीहरुको दोश्रो पर्व तिहारको अवसरमा गायक सन्तोष प्रगाढ र गायिका फुलमाया तामाङको स्वरमा रहेको ’मखमली’ गीतको भिडियो विएमवि क्रियसनको आधिकारिक युट्युबमार्फत् सार्वजनिक भएको छ । आपसमा दिदीबहिनी र दाजुभाइका बीचमा एकता पर्वको रुपमा र हर्षोल्लासका साथ मनाइने दिपावली पर्वको महत्व र विशेषतालाई गीतमा समेटिएको छ ।
दिनेश सुवेदीको शब्द तथा सन्तोष प्रगाढको संगीत एवम् एरेन्ज गीतमा छ । विजय जिरेलको छायांकन, विजयराज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशन भिडियोमा रहेको छ । ’मखमली’गीतको भिडियोमा सोनिया रंजित, विजयराज भुर्तेल, विकास शर्मा, एलिसा घिमिरे र रिया श्रेष्ठको अभिनय तथा नृत्य देख्न सकिन्छ ।