इटहरीः मध्य भोटेकोसी जलविद्युत कम्पनीको आईपीओ शुक्रबार बिहान बाँडफाँट भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि बिक्री गरेको ८१ लाख ९० हजार कित्ताको आईपीओ बिक्री प्रबन्धकको कार्यालयमा बाँडफाँट गरिएको हो । शेयर माग गर्ने आवेदकमध्ये ८ लाख १९ हजार आवेदकलाई १० कित्ताका दरले शेयर हात परेको छ भने बाँकीको हात खाली छ । मध्य भोटेकासीको शेयर माग गर्दै २३ लाख ९० हजार २१८ जनाले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको शेयर आवेदन दिएका थिए । आवेदकमध्ये ९५ हजार ७२२ आवेदन रद्द भएको छ ।

कुल निष्कासनको ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता शेयर कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो भने बाँकी शेयर सर्वसाधारणका लागि बिक्री गर्न छुटाइएको थियो । सिन्धुपाल्चोकको भोटेकोसी गाँउपालिकामा रन अफ रिभरमा आधारित जलविद्युत आयोजना निर्माण गरिरहेको मध्य भोटेकासीले १०२ मेगावाट बिजुली निकाल्ने उद्देश्य लिएको छ ।