इटहरीः झापाको गौरादहमा शुक्रबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
आज बिहान ८ः०० बजे भएको दुर्घटनामा परी मृत्यु हुनेमा गौरादह ५ का करिब ४० वर्षीय वेणु अधिकारी रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार दुई मोटरसाइकल आपसमा जुद्धा मे ९ प २७०३ मा सवार रहेका उनको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका गौरादह ५ चप्रामारीका ३० वर्षीय अनुप राजवंशी र १६ वर्षीय ललित शर्मालाई उपचारार्थ विराटनगरस्थित न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ । मृतक अधिकारीले चलाएको मोटरसाइकल मे ६ प ५४१६ नम्बरको मोटरसाइकलसँग ठोक्किएको हो । दुर्घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।