इटहरीः गायक केशव भावुक र अस्मिता अधिकारीको आवाजमा रहेको ’फूल फुल्यो’ बोलको भिडियो सार्वजनिक भएको छ ।
अभिनेता आर्यन सिग्देल र सृष्टि खड्काको अभिनय रहेको यो भिडियोलाई अहिलेका चर्चित निर्देशक सशान कंडेलले निर्देशन गरेका हुन् । सुधा मरहट्ठाको शब्दमा रहेको यो गीतलाई गायक स्वयमले संगीत भरेका हुन् । डान्सिङ नम्बरमा रहेको यो गीतलाई बुद्ध थापाको छायांकन, विकास दाहालको सम्पादन र सन्तोश राजबहाकको कोरियोग्राफीमा तयार पारिएको छ । सुधा इन्टरटेनमेन्ट युट्युब च्यानलबाट भिडियो रिलिज गरिएको छ । रिलिजलगत्तै यो गीत र भिडियोले सबैको मन जितिरहेको छ ।