इटहरीः मोरङको विराटनगर महानगरपालिकास्थित कञ्चनबारी चोकदेखि केही उत्तरतर्फ तीनवटा सवारी आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
आज साँझ ट्रक, कार र सरकारी गाडी एक आपसमा ठोक्किँदा विराटनगर महानगरपालिका– ३ का ६० वर्षीय रमेश पाण्डेको घटनास्थलमै मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार दुर्घटनामा घाइते ६ मध्ये तीन जनाको नोबेल मेडिकल कलेज र ३ जनाको कोसी अस्पतालमा उपचार भइरहेको छ । प्रदेश २–०३–००१ ख १७७२ नम्बरको ट्रक र प्रदेश ३–००१–०२३–च २८५१ नम्बरको कार र बा २ झ ३२६५ नम्बरको सरकारी गाडी दुर्घटनामा परेको हो ।