इटहरीः मोरङ रतुवामाई नगरपालिका ३ छालगाछिबाट प्रहरीले ९४ तोला चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ३० वर्षीय धर्बेन्द्र शर्मा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो बेलुका ७ः३० बजे प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले बिल नभएको तार बनाई ल्याएको ९४ तोला चाँदी सहित पक्राउ उनलाई गरेको हो । पक्राउ परेका शर्मालाई चाँदीसहित आवश्यक कारबाहीको लागी मुल भन्सार कार्यालय रानी विराटनगर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।