इटहरीः पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकाको कठौनामा आज बिहान गाडीको ठक्करबाट एक निलगाईको मृत्यु भएको छ ।
सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिंँदा निलगाईको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ । गाडीको ठक्करबाट निलगाईको मृत्यु भएपछि ठक्कर दिने सवारीका चालक भने सवारीसहित फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेका अनुसार फरार रहेका चालकको खोजी भइरहेको छ । मृत निलगाई सबडिभिजन वन कार्यालयको नियन्त्रणमा रहेको र स्थानीयको उपस्थितिमा खाल्डो खनी गाड्ने तयारी गरिएको डिभिजन वन कार्यालयका रेञ्जर लक्ष्मण साफीले बताए ।