इटहरीः खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ हस्पिटल चोकबाट प्रहरीले तास र नगदसहित पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा खोटाङ साकेला गाउँपालिका वडा नम्बर ५ का २७ वर्षीय हिराधन राई, सोही गाउँपालिका वडा नम्बर २ का २२ वर्षीय सौरभ गुरुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ६ का ३३ वर्षीय वसन्त राई, सोही नगरपालिका वडा नम्बर ७ का ३८ वर्षीय टीकाराम राई र उदयपुर कटारी नगरपालिका वडा नम्बर ११ का २४ वर्षीय खोमबहादुर मगर रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार स्थानीय हरि जोशीको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । आज बिहान ०१ः०० बजे जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा तास र नगद ७१ हजार २० रुपैयाँसहित पक्राउ गरेको उनको भनाइ छ । पक्राउ परेका अभियुक्तहरुउपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।