काठमाडौँः नेकपा एमाले नेता प्रदीपकुमार ज्ञवालीले पार्टी विभाजनले एमालेलाई असर नगरेको बताएका छन् ।

मङ्गलबार गुम्मीको रेसुङ्गा नगर कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेता ज्ञवालीले सो कुरा बताएका हुन् । उनले भने, ‘अधिकांश कार्यकर्ता तथा जनप्रतिनिधि विभाजनविरुद्धमा छन् ।’ पार्टीका केन्द्रीय कमिटीबाट २३ प्रतिशत र स्थानीय तहबाट सात प्रतिशतमात्रै समाजवादीमा गएको जिकिर गर्दै ज्ञवालीले गुल्मीमा कोही पनि जननिर्वाचित प्रतिनिधिले एमाले नछोड्नु खुसीको कुरा भएको र एमाले छोडेकाहरू पनि फर्कने क्रम सुरु भएको बताए । -रासस