इटहरीः तेह्रथुमको म्यान्छेयाम गाउँपालिका वडा नम्बर–२ पौठाकमा अरिङ्गाल झार्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३० वर्षीय नेत्रबहादुर लिम्बू रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार आज बिहान करिब ३ बजेतिर घरदेखि एक किलोमिटर पूर्वमा रहेको उतिसको रुखमा अरिङ्गाल झार्ने क्रममा रुखबाट लडेका लिम्बूको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी मोराहाङ र जिल्ला प्रहरी कार्यालय तेह्रथुमको संयुक्त टोली घटनास्थलमा परिचालित भई विस्तृत अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।