इटहरीः एनआईसी एसिया बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०७७÷७८ को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पूँजीको १५.७८९ प्रतिशत लाभांश (रू. १ अर्ब ८२ करोड ५८ लाख) वितरण गर्ने प्रस्ताव गरेको छ ।
सञ्चालक समितिको सोमबार सम्पन्न ५११ औं बैठकको निर्णयानुसार उक्त प्रस्तावित लाभांशमध्ये १५ प्रतिशत बोनस शेयरमा रू. १ अर्ब ७३ करोड ४६ लाख र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश ९ करोड १२ लाख ९४ हजार रुपैयाँ खर्च गर्ने भएको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् बैंकको २४ आँै वार्षिक साधारणसभाबाट स्वीकृत गराई शेयरधनीको खातामा आउने बताइएको छ ।
बैंकले गत आ.व. २०७७÷७८ मा प्रति शेयर आम्दानी २८.१८ आर्जन गरेको थियो भने खुद मुनाफा ३ अर्ब २६ करोड आर्जन गरेको थियो । स्व–पूँजी प्रतिफलमा मुलुकका वाणिज्य बैंकहरूमध्ये पहिलो स्थानमा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बताएका छन् । बैंकले आ.व. २०७७÷७८ मा कर्जातर्फ ९१ अर्बको वृद्धि गरी कुल कर्जा रकम २६५ अर्ब पु¥याएको छ ।