इटहरीः हालै आएको बेमौसमी बाढीबाट पीडित भएका मोरङ्गवासीहरुको लागि भाटभटेनी सुपरस्टोरले २१ हजार किलोग्राम बराबरको जिरा मसिनो चामल राहतस्वरुप प्रदान गरेको छ ।

भाटभटेनी सुपरस्टोर विराटनगर शाखाकी शाखा प्रबन्धक सरिता राईले भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरका तर्फबाट २५ केजीका ८ सय ४० बोरा चामल मोरङ्गका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालमार्फत् हस्तान्तरण गरेकी छन् । बाढीबाट भएको क्षतिप्रति दःुख व्यक्त गर्दै राहत वितरणको निमित्त प्रमुख जिल्ला अधिकारीमार्फत् १४ लाख ५० हजार रुपैयाँ बराबरको चामल प्रदान गरेको भाटभटेनीले जानकारी दिएको छ । 

248450895_4389637247781296_510311134071548081_n

भाटभटेनी यहाँसम्म आउनुको कारण नै आफ्ना उपभोक्ता भएको र उपभोक्तालाई दुःख पर्दा सहयोग गर्ने आफूहरुको कर्तव्य भएको भन्दै भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ्गले बाढी पीडितका लागि राहत प्रदान गरेको बताएका छन् ।