इटहरीः उदयपुरको कटारी नगरपालिका वडा नम्बर ६ स्थित भोर्ले जंगलबाट प्रहरीले ५३ किलो अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कटारी नगरपालिका वडा नम्बर ९ सोरूमछबिसेका २० वर्षीय प्रेम परियार रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार विशेष सूचनाका अधारमा इलाा प्रहरी कार्यालय कटारीबाट परिचालित प्रहरीले अभियुक्त परियारलाई आज बिहान ३ः०० बजे पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालत उदयपुरको आदेशमा लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।