इटहरीः सुनसरीको बर्जु गाउँपालिकामा भएको सिटी सफारी दुर्घटनामा परेर आइतबार साँझ एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत घर भई सुनसरीको हरिनगरा गाउँपालिका–४ मा पाहुना आएका ६१ वर्षीय विन्देश्वर महतो रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका महतोलाई उपचारार्थ विराटनगरस्थित कोसी अस्पताल पठाइएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

बर्जु गाउँपालिका–६ मा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२–००३ ह २६४४ नम्बरको सफारी सडकबाट मोड्न खोज्दा दुर्घटनामा परेको हो । दुर्घटनाग्रस्त सिटी सफारीका चालक बर्जु–३ का ३५ वर्षीय रञ्जीतकुमार राय तत्काल फरार रहेकाले उनको खोजी तिव्र पारिएको प्रहरीले जनाएको छ ।