इटहरीः मोरङको कोराबारी गाउँपालिका ३ स्थित सिन्दुरे खोलामा एक पुरुषको शव फेला परेको छ ।

मृत फेला पर्नेमा केराबारी ३, रामपुरका ३५ वर्षीय इन्द्रबहादुर तामाङ रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार घरबाट शनिबारदेखि हराइरहेका तामाङलाई खोजी गर्ने क्रममा स्थानीय र आफन्तले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय केराबारीको टोली घटनास्थलमा पुगी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । तामाङको बाढीमा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।