इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा केन्द्रीय कार्यालय भएको सपोर्ट लघुवित्त वित्तीय सँस्था लिमिटेडले आफ्ना शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर र १ दशमलव ५७ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७ ०७८ को वितरणयोग्य मुनाफाबाट १ करोड ९८ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि १० लाख ४२ हजार १ सय ५ रुपयाँ गरी कुल २ करोड ८ लाख ४२ हजार १ सय ५ रुपैयाँ आफ्ना शेयर सदस्यलाई बाँड्न लागेको हो । कम्पनीले छुटाएको लाभांश रकम स्वीकृतिका लागि नेपाल राष्ट बैंकमा पठाएको र आगामी साधारणसभाबाट स्वीकृत भएपछि शेयरधनीको खातामा लाभांश पठाइने कम्पनीका सचिव तथा प्रमुख कार्यकारी अधिकृत कुलमणि तिमल्सिनाले बताएका छन् ।